दफा ७५
सार्वजनिक परिपत्र
(१) यस ऐनको कार्यान्वयनमा एकरुपता ल्याई कर प्रशासनलाई सरल बनाउन र विभागका अधिकृतहरु लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिहरुलाई मार्गनिर्देशन दिन विभागले यस ऐनमा भएका व्यवस्थाहरुको सम्बन्धमा व्याख्यासहित लिखित सार्वजनिक परिपत्रहरु जारी गर्न सक्नेछ ।

(२) विभागले उपदफा (१) बमोजिम जारी गरिएका परिपत्रहरु सर्वसाधारणको जानकारीका लागि विभागमा “विभागको आफ्नो वेबसाइटमा वा राष्ट्रियस्तरको पत्रपत्रिकामा वा अन्य विद्युतीय माध्यमबाट प्रकाशन तथा प्रसारण गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम जारी गरिएको कुनै परिपत्र रद्द नगरिएसम्म सो परिपत्र बमोजिम कारबाही गर्न विभाग बाध्य हुनेछ ।